खोटाङमा हेलिकप्टर दुर्घटना

न्युजलय ४ चैत २०८२, बुधबार ०६:३६ मा प्रकाशित

विराटनगर । खोटाङको केपिलासगढी गाउँपालिका–२ मा हेलिकप्टर दुर्घटना भएको छ । बिरामी लिन गएको हेलिकप्टर दुर्घटनामा परेको हो ।

खोटाङका प्रमुख जिल्ला अधिकारी रेखा कडेँलले हेलिकप्टर दुर्घटनाको पुष्टि गरिन् । दुर्घटनामा कसैको पनि हताहती नभएको उनको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय खोटङका अनुसार  दुर्घटनामा काजीबहादुर राई घाइते भएको बताए । खार्तम्छा बालाबेँसीमा हेलिकप्टर अवतरणको क्रममा दुर्घटना भएको हो । हेलिकप्टरमा क्याप्टेनसहित ६ जना सवार थिए ।