काठमाडौं । नेपालको जनसंख्या १० वर्षमा झण्डै २७ लाख बढेको छ ।
केन्द्रीय तथ्यांक विभागका अनुसार २०७८ को जनगणनाको प्रारम्भिक तथ्यांकअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको हो ।
यसरी हेर्दा २०६८ को जनगणनाभन्दा २६ लाख ९४ हजार ९७६ ले जनसंख्या बढेको हो ।
२०६८ को जनगणनाअनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ थियो ।
जनसंख्या वृद्धिदर भने घट्दै गएको छ । अहिले जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत छ भने १० वर्षअघि १.३५ प्रतिशत थियो ।