ओरिफ्लेम कस्मेटिकको आधिकारीक आउटलेट अब विराटनगरमा

न्युजलय २६ फाल्गुण २०७८, बिहिबार ०२:०० मा प्रकाशित

विराटनगर । लोकप्रिय कस्मेटिक ब्राण्ड ओरिफ्लेम कस्मेटिकको आधिकारिक आउटलेट विराटनगरमा पनि खुलेको छ । 


विराटनगरको भृकुटी चोकमा अन्तरास्ट्रिय महिला दिवसको अवसर पारेर मंगलबारदेखि संचालनमा आएको उक्त पसलमा ओरिफ्लेम ब्रान्डका सम्पूर्ण कस्मेटिक सामानहरु राखिएको छ । उद्घाटनको अवसरमा २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको आउटलेट संचालिका पुजा मित्तलले जानकारी दिईन् । महिला दिवसको दिन २५ प्रतिशत छुट दिइएको थियो ।


मित्तलका अनुसार आउटलेटमा महिलाहरुलाई उनीहरुको आवश्यकताअनुसारको कस्मेटिक उपलब्ध गराइने छ । महिलाहरुको छालाको बनावट र अवस्था बुझेर मात्रै कुनैपनि कस्मेटिक सम्मान बिक्रि गर्ने संचालिका मित्तलले बताइन् । आउटलेटमा छाला जांच गर्ने मेसिन पनि राखिएको छ । ओरिफ्लेमले आफ्नो पहिलो शाखा इटहरीमा खोलीसकेको छ भने इटहरीपछी विराटनगरमा पनि संचालनमा आएको हो । आउटलेटबाट होलसेल तथा खुद्रामा सामान बिक्रि गरिनेछ ।


ओरिफ्लेम स्वीडीस कस्मेटिक ब्राण्ड हो । यो पूर्णरुपमा अग्र्यानिक र सुरक्षित हुने उनले बताइन् । सबै प्रकारका परिक्षणमा प्रमाणित यो कस्मेटिक ब्राण्डले ग्राहकहरुको मन जितिरहेको मित्तलको दावी छ ।