धरान । धरानबाट प्रकाशित हुने कोशीपत्र दैनिकको कार्यालयमा पुगेर एक समुहले धम्क्याएको छ ।
२५ जना भन्दा बढीको समुहमा कोशीपत्र दैनिकको कार्यालयमा पुगेको समुहले कोशीपत्र दैनिकका समाचार सम्पादक गोविन्द बस्नेत तथा रिपोर्टर संजोगबावु दाहालमाथी बिहीबार दुर्व्यवहार गरेका छन् । कोशीपत्र दैनिकमा कथित महामानव टीकाप्रसाद विश्वकर्माले ठगी गरेको विषयमा समाचार प्रकाशित भएको थियो । पीडितहरुले पत्रकार सम्मेलन गरेपछि अन्य मिडियामा समेत समाचार आएको थियो । पत्रकार सम्मेलनमा महामानव भनेर भक्तजन बनाउदै ठगी गरेको पीडितहरुले आरोप लगाएका थिए ।
विश्वकर्माकी सहयोगी निलममाया मगरको नेतृत्वमा आएको टोली प्रहरी आएपछि मात्रै कोशीपत्र दैनिकको कार्यालयबाट निस्केका थिए ।
मिडिया हाउसको कार्यालयमा पुगेर सञ्चारकर्मीलाई धम्क्याएको घटनाको तत्काल छानविन गरी दोषिलाई कारवाही गर्न पक्रकार महासंघ सुनसरी र प्रेस चौतारी नेपाल, सुनसरीले माग गरेको छ ।