काठमाडौं । शुक्रबार (आज) सुनचाँदीको मूल्यमा गिरावट छ।
आज सुन तोलामा ५ सय रुपैयाँ घटेको छ भने चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ।
शुक्रवारका लागि सुनको बजार मूल्य प्रतितोला १ लाख ९ हजार १ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
चाँदीको मूल्य भने आज ५ रुपैयाँ घटेको छ। शुक्रवार चाँदी प्रतितोला १४ सय १५ रुपैयाँ कायम भएको छ।