सुनचाँदीको मूल्य घट्यो

न्युजलय २७ चैत २०७९, सोमबार ०५:३९ मा प्रकाशित

काठमाण्डौ । सोमबार(आज) सुनको मूल्य घटेको छ। आइतबार स्थिर रहेको सुन सोमबार ७०० रुपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको छ ।

उता, तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार ८०० सय रुपैयाँ निर्धारण भएको छ । यसअघि, आइतबार छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।

आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी १० रुपैयाँले घटेर तोलाको १४ सय ३० रुपैयाँ कायम भएको छ ।