ललितपुरको अक्सिजन प्लान्टमा विस्फोट, एक जनाको मृत्यु

न्युजलय ८ बैशाख २०७९, बिहिबार ०५:०४ मा प्रकाशित

काठमाण्डौ । ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्ट विस्फोट भएको छ ।

विस्फोटमा परी एक जनाको मृत्यु भएको छ भन चार जना घाइते भएका छन् । 

महानगरीय प्रहरी परिसर, ललितपुरका अनुसार अक्सिजन भर्ने क्रममा एक्कासि विस्फोट हुँदा दुर्घटना भएको हो ।

अहिले प्रहरीले प्लान्टमा कार्यरत श्रमिकलाई उद्धार गरिरहेको छ ।