उदयपुर । उदयपुरमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा उदयपुरगढी गाउँपालिका ७ का १९ वर्षीय उज्जवल खपांगी रहेका छन् ।
बालुवागिटी बोकेर नेपालटारबाट कोल्टेतर्फ जाँदै गरेको स १ क १९० नम्बरको को टिपर हाडेबास चिउरीबासमा मंगलबार साँझ दुर्घटना भएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते भएकाको खपांगीको जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घाइते हुनेहरूमा चालक सप्तरी जिल्लाको कल्याणपुर नगरपालिका २ का २९ वर्षीय उमेशकुमार चौधरी, १७ वर्षीय युवराज खपांगी र २४ वर्षीय भरत खपांगी रहेका छन् ।
घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ ।
अचानक ब्रेक फेल भई टिपर सडकदेखि ४० मिटर तल खसेको थियो ।