इटहरी । प्रदेश १ मा आज थप ९६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
३२४ जनाको पीसीआर परीक्षण गर्दा ३४ र ४८७ जनाको एन्टिजेन परीक्षण गर्दा ६२ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज १४८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ६१ महिला र ८७ पुरुष रहेका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ३०२ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।