मकर नुहाउन गएका युवकको तमोरले बगाएर ज्यान गयो

न्युजलय २ माघ २०७८, आइतबार ०१:२७ मा प्रकाशित

पाँचथर । मकर नुहाउन गएका एक युवकको नदीले बगाएर ज्यान गएको छ । 

मकर नुहाउने क्रममा शनिबार दिउँसो पाँचथरको तुम्बेवा १ रातमाटेका २९ वर्षीय इन्द्रबहादुर बुढाथोकीलाई तमोरले बगाएको हो । 

स्थानीय र प्रहरी टोलीले खोजी गर्ने क्रममा करिब चार किलोमिटर दक्षिणमा बुढाथोकीको शव फेला पारेको थियो ।