इटहरीमा २५ सहित प्रदेश १ मा थप ३४७ जनामा कोरोना पुष्टि

न्युजलय ३ माघ २०७८, सोमबार १२:३१ मा प्रकाशित

इटहरी । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३४७ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।


६९५ जनाको पीसीआर परीक्षण गर्दा ३०४ र २५६ जनाको एन्टिजेन परीक्षण गर्दा ४३ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १६६, झापामा ५८, सुनसरीमा ५१, उदयपुरमा ५, ताप्लेजुङ र भोजपुरमा २(२, खोटाङमा १ र प्रदेश १ बाहिरका १९ जनामा सङ्क्रमण भएको हो ।


यस्तै, इटहरीमा आज २५ जनामा कोरोना पुष्टि भएको छ । 


प्रदेश १ मा आज २१ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ७ महिला र १४ पुरुष रहेका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ६८० रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।