काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै विरोध प्रदर्शन गर्ने नेविसंघ र अखिल क्रान्तिकारीका विद्यार्थीहरुबिच झडप भएको छ ।
राष्ट्र बैंकको कार्यलय बालुवाटारमा भएको झडपका क्रममा केही प्रदर्शनकारी घाइते हुनुका साथै केही पक्राउ परेका छन् ।
दुई पक्षबीच झडप हुँदा राष्ट्र बैंक वरपरको सुरक्षा व्यवस्था अहिले कडा पारिएको छ । गभर्नर अधिकारी एमालेको केन्द्रीय विभागमा रहेकाले नैतिकताको आधारमा उनले पदबाट राजीनामा दिनुपर्ने भन्दै सत्तापक्षका नेविसंघ र अखिल क्रान्तिकारीले आन्दोलन घोषणा गरेका छन् ।