धरानमा एक युवकको कोरोना संक्रमणबाट मृत्यु

न्युजलय १२ माघ २०७८, बुधबार ०५:३२ मा प्रकाशित

इटहरी ।  धरानमा एकजना युवकको कोरोना संक्रमणबाट मृत्यु भएको छ। 

धरान–१४ का का २९ वर्षीय पुरुषको कोरोना संक्रमणबाट  मंगलबार राति निधन भएको विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले जनाएको छ।

उनी दिर्घ रोगी रहेको र खोप नलगाएको अस्पतालले जनाकारी दिएको छ।