धरानमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

न्युजलय १० असोज २०८२, शुक्रबार ०५:२० मा प्रकाशित

धरान । धरान –८ मा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।

बिहीवार धरानबाट इटहरीतर्फ आउँदै गरेको को १ ख ७५०९ नम्बरको टिपरले कोशी लोकमार्गमा पैदल हिँडिरहेकी करिब ३४–३५ वर्षीया महिलालाई ठक्कर दिएको थियो।

ठक्करबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।

उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

टिपर चालक मोरङ केरावारी गाउँपालिका–६ बस्ने ५२ वर्षीय सोमबहादुर सुन्दासलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।