नेप्से २१.३० अंकले बढ्यो

न्युजलय २८ भदौ २०७९, मङ्गलबार ०९:२८ मा प्रकाशित

काठमाडौं । मंगलबार(आज) सेयर बजारमा सुधार आएको छ । पछिल्लो साता निरन्तर घटेको बजार मंगलबार भने २१.३० अंकले बढेको हो । बजार १९३४.०४ बिन्दुमा पुगेर रोकिएको छ ।

मंगलबार ३१ लाख ४६ हजार ९९६ कित्ता सेयर किनबेच हुँदा ९२ करोड २५ लाख ७४ हजार ४०९ रुपैयाँको कारोबार भएको छ ।

आज बोटलर्स नेपालको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । यस कम्पनीको मूल्य १९४.१० प्रतिकित्ताले बढ्दै २,१३६ रुपैयाँ पुगेको छ ।