वासिङटन । सुँगुरको मिर्गौला मानिसमा सफलतापूर्वक प्रत्यारोपण गरिएको छ । मिर्गौलालाई शरीरले ‘रिजेक्ट’ नगरेपछि प्रत्यारोपण सफल भएको मानिसको छ ।
अमेरिकामा गरिएको यो प्रयोगलाई ठूलो सफलता मानिएको छ । यसमा तीन दिनसम्म नयाँ मिर्गौला उनको रक्तनलीसँग जोडिएर रहेको र बाहिरी शरीरमा पनि कायम रहेको बताइएको छ ।
प्रत्यारोपण गरिएको मृगौलाले मान्छेबाट प्रत्यारोपण गरिने मिर्गौलाबाट अपेक्षा गरिने जति नै पिशाब यसले उत्पादन गरेको बताइएको छ ।
अमेरिकामा मात्र हाल १ लाख ७ हजार बढी बिरामीहरु अङ्ग प्रत्यारोपण गर्ने पर्खाइमा छन् जसमध्ये ९० हजार बढीले मिर्गौला प्रत्यारोपण गर्न कुरिरहेका छन् । मिर्गौलाका लागि बिरामीले प्रायः पाँच वर्षसम्म पर्खिनुपर्ने हुन्छ ।
त्यसैले पनि वैज्ञानिकहरु जीवजन्तुको अङ्ग प्रत्यारोपण गर्ने सम्भाव्यताबारे दशकौँ अगाडिदेखि अध्ययन गरिरहेका छन् ।