झापामा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

न्युजलय ३१ फाल्गुण २०७८, मङ्गलबार ०५:०० मा प्रकाशित

झापा । झापाको कमल गाउँपालिका– ५ सितापुरी राजमार्गमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा अन्दाजी ३२ वर्षीय पुरुष रहेका छन् । उनको सनाखत हुन सकेको छैन । 

बसको ठक्करबाट गम्भिर घाइते भएका उनको उपचारको लागि दमक तर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

सोमबार बेलुका लु १ ख ८८३६ नम्बरको बसले उनलाई ठक्कर दिएको थियो ।  ठक्कर दिने बस सहित चालक इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेका छन् ।