इटहरीका श्रेष्ठसहित ६ जना लागूऔषधसहित पक्राउ

न्युजलय ३० माघ २०७८, आइतबार ०३:०१ मा प्रकाशित

सप्तरी । सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका २ फत्तेपुर ईलाकाबाट सशस्त्र प्रहरीले ५४ वटा नाईट्रोभेट ट्याब्लेट र करीब १० ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।


पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २१ बर्षिय सुजन चौधरी र २० बर्षिय प्रविण थापा छन् ।

 

उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश फत्तेपुरबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त लागूऔषध फेला पारेको हो ।


यसैगरी सर्लाही जिल्लाको मलंगवा नगरपालिका ९ स्थित पिपलबोट ईलाकाबाट पनि सशस्त्र प्रहरीले करीव ५ सय ५५ वटा नाईट्रोजेपाम ट्याब्लेटसहित दुई जनालाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेहरुमा सर्लाही जिल्लाको लालबन्दी नगरपालिका ६ बस्ने २२ बर्षिय दिपेश बिक र १९ बर्षिय सन्तोष बिक छन् ।


उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बिओपी मलंगवाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त लागूऔषध फेला पारेको हो ।


यसैगरी मोरङ जिल्लाको विराटनगर महानगरपालिका १६ स्थित सीमा ईलाकाबाट ६ बोतल डाईलेक्स र २ बोतल एसकुफसहित सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका ७ बस्ने ४० बर्षिय कृष्ण कुमार श्रेष्ठ पक्राउ परेका छन् ।


मोटरसाईकलमा सवार उनलाई सशस्त्र प्रहरी बल, नेपाल बिओपी रानीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला पारेको हो । त्यसबेला उक्त मोटरसाईकलसमेत बरामद गरिएको छ ।