भद्रपुरबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ

न्युजलय २ फाल्गुण २०७८, सोमबार १२:५८ मा प्रकाशित

झापा । झापाको भद्रपुर नगरपालिका ६ नयाँ बस्तीबाट कटुवा पेस्तोल सहित एक जना पक्राउ परेका छन् । 


पक्राउ पर्नेमा भद्रपुर नगरपालिका ६ का २४ वर्षीय मुगालाल माझी रहेका छन् । आज बिहान साढे ६ बजे गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिगएको प्रहरी निरीक्षक दल कुमार राईको टोलीले माझीको घरमा खानतलासी गर्दा झोलामा लुकाई राखेको अवस्थामा १ थान कटुवा पेस्तोल बरामद गरेको हो ।


कटुवा पेस्तोल सहित पक्राउ परेका माझीको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।