हजुरआमाको हत्या गरी फरार अभियुक्त १९ वर्षपछि जोगीको भेषमा पक्राउ

न्युजलय २३ असोज २०८०, मङ्गलबार १०:१८ मा प्रकाशित

काठमाडौं । नाताले हजुरआमा पर्नेको हत्या गरी १९ वर्षदेखि फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।


भरतपुर महानगरपालिका वडा नं. २८ का ४३ वर्षीय तोयनाथ वाग्लेलाई जोगीको भेष धारण गरेर बसिरहेको बेला पक्राउ गरिएको हो । 


उनले २४ वर्षको हुँदा २०६१ मंसिर १४ गते नाताले हजुरआमा पर्ने भरतपुर महानगरपालिका वडा नं. ७ की मनकुमारी वाग्लेको हत्या गरेका थिए । राति सुतेको बेलामा चापागाईंले बाग्लेको टाउकोमा बासको लौरो र ढुंगाले टाउकोमा प्रहार गरेर हत्या गरेपछि उनले लगाएका गरगहना लुटेर ढोका साँचो लगाई फरार भएका थिए ।


हत्या भएको १९ वर्षपछि इलाका प्रहरी कार्यालय बर्दघाटको सहयोगमा जिल्ला प्रहरी कार्यालय चितवनले टोलीले उनलाई पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका ४ बाढीपीडित भन्ने स्थानको एक मन्दिरबाट जोगीको भेष धारण गरेर बसिरहेको बेला सोमबार (हिजो)  पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेर थप अनुसन्धान अगाडि बढाएको हो ।