काठमाडौं । Genuine Placememt Pvt.Ltd का सञ्चालक ५० वर्षीय डिल्लीराम खतिवडालाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङ लेटाङ नगरपालिका–२ घर भइ हाल काठमाडौंको धुम्बाराही विष्णु गल्तीमा बस्दै आएका खतिवडालाई कोटेश्वरबाट पक्राउ गरिएको हो ।
ढकराज आचार्यसहित १२ जनालाई वैदेशिक रोजगारीका लागि जापान पठाइदिने भन्दै ४६ लाख ठगी गरेको आरोपमा पक्राउ परेका उनलाई थप अनुसन्धान र कारवाहीका लागि रोजगार विभाग ताहाचाल पठाइएको प्रहरीले जनाएको छ ।