देशभर आज थप २२१ जनामा कोरोना पुष्टि

न्युजलय २१ भदौ २०७९, मङ्गलबार ०१:०४ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५८ जनाको परीक्षणमा २२१ जनामा संक्रमण पुष्टि भएको हो ।

 

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ५१९ जनाको पीसीआर परीक्षण गर्दा १२२ जना र २ हजार ५३९ जनाको एन्टिजेन परीक्षण गर्दा ९९ जनामा संक्रमण देखिएको छ ।


योसँगै देशभरमा सक्रिय संक्रमित २ हजार ४४४ जना रहेको मन्त्रालयले जनाएको छ ।

  

पछिल्लो २४ घण्टामा २०६ जना संक्रमणमुक्त भएका छन् । जसमध्‍ये २ हजार ३१२ जना होम आइसोलेसनमा रहेका छन् भने १३२ जना संस्थागत आइसोलेसन र ३८ जना आईसीयूमा छन् ।


यस्तै ३ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।


सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४८ हजार ९९६ पुगेको छ ।