इटहरी । नारी सृजना कुञ्जले बालबालिकाहरुलाई गुड टच र ब्याड टचको बारेमा जानकारी दिएको छ ।
लैंगिक हिंसाविरुद्ध १६ दिने अभियानका सन्दर्भमा बराहक्षेत्र ७ स्थित महेन्द्र माविका विद्यार्थीहरुलाई प्रशिक्षण दिएको हो । ७० जना बालबालिकाहरुलाई सुमित्रा भट्टराईले प्रशिक्षण दिएकी थिइन् ।
वडाअध्यक्ष कपिल आचार्यको प्रमुख आतिथ्य र संस्थाकी अध्यक्ष प्रतिक्षा अधिकारीको सभापतित्वमा कार्यक्रम गरिएको थियो ।