काठमाडौँ । सोमबार(आज) सेयर बजार बढेको छ । सेयर बजार आज १२ अंक बढेको हो । यस दिन कुल १ अर्ब ३९ करोड रुपैयाँको कारोबार भएको छ ।
बैंकिङ १४, ब्यापार ३५, जलविद्युत् १२, फाइनान्स १, निर्जीवन बीमा ५७, उत्पादन २७, अन्य ५, माइक्रोफाइनान्स ६० अंकले बढे । होटल तथा पर्यटन २५, विकास बैंक २० र जीवन बीमा उपसमूह ८२ अंकले घटेका छन् ।
११४ कम्पनीको मूल्य बढ्दा ७१ को घट्यो भने ८ को स्थिर रह्यो । जल्पा सामुदायिक लघुवित्तको मूल्य १० प्रतिशतले बढेको छ । माहुली लघुवित्तको मूल्य ७.७ प्रतिशतले बढ्यो ।
हिमालय ऊर्जा विकासको मूल्य सबैभन्दा धेरै ३.७ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा नेपाल टेलिकम, एनआईसी एसिया बैंक, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट र नबिल बैंक अगाडि रहे ।