सुनसरी क्षेत्र नम्बर १ बाट अशोक राईले चुनाव लड्ने

न्युजलय २४ साउन २०७९, मङ्गलबार ०९:३० मा प्रकाशित

धरान । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष अशोक राई सुनसरी क्षेत्र नम्बर १ बाट चुनाव लड्ने भएका छन्।  

मंगलबार(आज) धरानमा बोल्दै राईले उक्त कुरा बताएका हुन्। अध्यक्ष राईले नेकपा एमालेको असफलताका कारण वर्तमान सत्ता गठबन्धनले सरकारको नेतृत्व गरेको बताए। 

उनले आगामी प्रदेश र संघको निर्वाचनमा सत्ता साझेदार गठबन्धन संयुक्त रूपमा चुनावी मैदानमा उत्रने बताए।

उनले सत्ता गठबन्धनभित्र सिट बाँडफाँटमा केही समस्या भएकाले यसको समाधानका लागि पहल भइरहेको बताए। उनले आफू सुनसरी क्षेत्र नम्बर १ बाट चुनाव लड्ने तयारी गरिरहेको पनि बताए।