सुनको भाउ अहिलेसम्मकै उच्च

न्युजलय २२ चैत २०७९, बुधबार ०४:५१ मा प्रकाशित

 काठमाण्डौ । सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । 

बुधवार(आज) एकै दिन तोलामा दुई हजार रुपैयाँले बढेर सुन तोलाको एक लाख ११ हजार रुपैयाँ पुगेको हो ।

यो भाउ अहिलेसम्मकै सबैभन्दा धेरै हो । हिजो मङ्गलवार पनि सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढेको थियो । 

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । तोलामा ४० रुपैयाँले बढेर चाँदी एक हजार चार सय ४० रुपैयाँमा पुगेको छ ।