इटहरी । मोरङमा १० दिने देखि दुई बालिका बेपत्ता भएका छन् ।
जिल्लाको सुन्दरहरैचा नगरपालिका ३ लालबस्ती बर्मानीया बस्दै आएकी १६ वर्षीय सुस्मा विक र सोही ठाउँकी १७ वर्षीय सुमना सिवा परियार बेपत्ता भएका हुन् ।
परिवारले सबै ठाउँमा खोजेर नभेटाएपछि खोजीका लागि प्रहरीमा समेत निवेदन दिएको सुस्मा विकका बुबा विनोद विकले जानकारी दिए ।
उनका अनुसार सोही ठाउँकी सुमाना सिवा विवाहित हुन् भने सुस्मा विक सुनसरीको इटहरी २ घर भइ लालबस्ती स्थित मामाघरमा बसेर अध्यायन गर्दै आएकी थिइन् ।
‘सुमना सिवा छिमेकी हुन् । सँगै घाँस दाउरामा जाने आउने गर्दा गर्दै बेपत्ता भएछन् आफन्त सबैतिर खोजी गरी सक्यौँ नभेटिएपछि गछियाको प्रहरी कार्यलयमा खोजीका लागि निवेदन दिएका छौ’, विनोदले भने ।
उनको परिवार निकै चिन्तित अवस्थामा रहेको छ । कृपया कसैले उनीहरुलाई देख्नु भयो भने नजिकैको प्रहरी कार्यलय वा सम्पर्क नम्बर ९८४२३२५१४१ मा सम्पर्क गरि सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं ।