नेपालगञ्ज । बर्दियाकी कोरोना संक्रमित महिलाको उपचारको क्रममा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको छ।
भेरोसेल खोप एक मात्रा लगाएकी बढैयाताल गाउँपालिका– ९ की ३६ वर्षीया संक्रमित महिलाको मृत्यु भएको हो।
फागुन २ गते भेरीमा पीसीआर गर्दा कोरोना संक्रमण पुष्टि भएकी उनलाई त्यही दिन भर्ना गरिएको थियो। उपचारकै क्रममा शनिबार राति उनको मृत्यु भएको हो।