नेप्से ४७.४४ अंकले बढ्यो

न्युजलय २९ भदौ २०७९, बुधबार ११:१५ मा प्रकाशित

काठमाडौं । सेयरबजारमा आज १ अर्ब ४५ करोड रुपैयाँको सेयर कारोबार भएको छ। २२७ कम्पनीको ४६ लाख कित्ता सेयर बिक्री भएको हो।

दिनभरिमा ३१ हजार पटक भएको खरिदबिक्रीमा उक्त सेयर कारोबार भएको हो। बुधबार नेप्से ४७.४४ अंकले बढेर १९८१.४८ विन्दुमा पुगेको छ भने सेन्सिटिभ पनि ९.१९ अंकले उकालो लागेको छ।

आज १३ वटै उपसूचक हरियो छन्। यसअनुसार १८४ कम्पनीको सेयर बढेको छ भने ५ वटाको घटेको छ। आज नबिल बैंकको ६ करोड ५१ लाखको सेयर कारोबार भएको छ।