संसद भवन अगाडि शंकास्पद वस्तु फेला

न्युजलय १६ फाल्गुण २०७८, सोमबार ०५:३५ मा प्रकाशित

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवन अगाडिको मुख्य सडकमा शंकास्पद वस्तु भेटिएको छ ।

काठमाडौं प्रहरी परिसरले संसद भवन अगाडि बम जस्तो देखिने शंकास्पद वस्तु भेटिए जनाएको छ । 

शंकास्पद वस्तु भेटिएपछि उक्त क्षेत्रलाई सुरक्षा दिइएको छ । मुख्य सडक बन्द गरिएको छ । उक्त वस्तु निष्क्रिय पार्नका लागि नेपाली सेनाको डिस्फोजल टोलीलाई खबरलाई गरेको बताइएको छ ।