आज सेयर बजार बन्द हुने

न्युजलय १० पुस २०७९, आइतबार ०२:१९ मा प्रकाशित

काठमाडौं । सेयर बजार आज बन्द हुने भएको छ । 

आज आइतबार क्रिसमस डे परेकाले सरकारले सार्वजनिक विदा दिएको छ । सोही कारण नेप्से कार्यायल पनि बन्द हुने भएको हो । 

अब बजार सोमबार बिहान ११ बजे खुल्नेछ । यसअघि बिहीबार नेप्से सूचक ०.०१ अंकले घटेर १८ सय ६७.२१ बिन्दुमा अडिएको छ । जसमा १ अर्ब ११ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।