कोठामा श्रीमतीसहित तीनजनाको हत्या, श्रीमान् जंगलमा मृत फेला

न्युजलय ९ फाल्गुण २०८०, बुधबार ०७:५९ मा प्रकाशित

काठमाडौं । काठमाडौंको सीतापाइलामा एकै परिवारका तीन जनाको हत्या भएको छ भने एक जना जंगलमा मृत भेटिएका छन् । 

सोलखुम्बुको दूधकुण्ड घरभई काठमाडौंको नागार्जुन नगरपालिका–६ बैराग टोल सीतापाइलामा बस्दै आएकी ३८ वर्षीया ईश्वरी श्रेष्ठ, उनकी छोरी ८ वर्षकी अनिशा श्रेष्ठ र साढे २ वर्षकी नातिनी सिवानी श्रेष्ठको हत्या भएको हो ।

ईश्वरीका श्रीमान् राजु घिमिरे भनिने काजी विक पनि मृत भेटिएका हुन् । उनी घरभन्दा केही पर जंगलमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । 

कोठामा तीनै जनाको हत्यापछि राजुले आत्महत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ । घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ ।