प्रधानमन्त्री देउवा आज मोरङ आउँदै

न्युजलय ७ चैत २०७८, सोमबार ०२:०७ मा प्रकाशित

विराटनगर । प्रधानमन्त्री शेरबहादुर देउवा आज मोरङ आउने भएका छन् । प्रदेश १ का डीआईजी अरुणकुमार बीसीका अनुसार आज बिहान ९ बजे सुन्दरहरैंचामा प्रधानमन्त्री देउवा आउने भएका हुन् ।


देउवाले मोरङको सुन्दरहरैंचा नगरपालिका–८ मा नगरपालिकाको प्रशासकीय भवन शिलान्यास र नगर अस्पताल उदघाटन गर्नेछन् । सुन्दरहरैंचाको कार्यक्रमपछि प्रधानमन्त्री देउवा पाँचथर र खोटाङ पनि पुग्नेछन् ।


डीआइजी बीसीले प्रधानमन्त्री सहभागी हुने तीन वटै जिल्लामा सुरक्षा सतर्कता उच्च बनाइएको बताए ।