पोर्चुगल पठाइदिन्छु भन्दै ४० लाख ठगी गर्ने दुई जना पक्राउ

न्युजलय २२ पुस २०७८, बिहिबार ०२:१३ मा प्रकाशित

काठमाडौं । पोर्चुगलमा आकर्षक कमाइ हुने र होटल तथा रेष्टुराँमा काम लगाइदिने भन्दै २ जनाबाट ४० लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । 


पक्राउ पर्नेमा काठमाडौं ३२ कोटेश्वरस्थित युनिवर्ल्ड इन्टरनेशनल टुर एण्ड ट्राभल्स प्रालिका सञ्चालक र व्यवस्थापक रहेका छन् । ट्राभल सञ्चालक बाग्लुङ गल्कोट ६ घर भई हाल मैतिदेवीका २८ वर्षीय अमृत सोती मगर र व्यवस्थापक सर्लाही बाग्मती १ घर भई हाल ललितपुर बस्ने २४ वर्षीय समिर कार्की रहेका छन् ।

 

महानगरिय अपराध महाशाखाका अनुसार उनीहरुले वर्किङ भिषामा पोर्चुगल जान प्रतिव्यक्ति १४ लाख रुपैयाँ लाग्छ र पोर्चुगल पुगेपछि होटल तथा कम्पनीमा मासिक १ लाख रुपैयाँ भन्दा बढी कमाई हुन्छ भनि प्रलोभनमा पारेका थिए । 

 

उनीहरुले ४ जना पीडितहरूबाट प्रतिव्यक्ति १० लाखका दरले ४० लाख रुपैयाँ लिई ठगी गरेका थिए । महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । थप अनुसन्धानको लागि उनीहरूलाई महानगरीय प्रहरी परिसर टेकु काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।