प्रकाशपुर । सप्तकोशीे नदी हुँदै सुनसरी ल्याउँदै गरोको लागुऔषध गाजा प्रहरीले बरामद गरेको छ । कोशी नदी क्षेत्रबाट प्रहरीले १ सय १९ केजी गाजा बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघटीबाट प्रहरी निरिक्षक टिका बहादुर कार्कीको नेतृत्वमा खटिएको टोलिले शुक्रबार राति ५ वटा बोरामा कोशी नदी हुँदै गाडीको टिउमा ल्याउँदै गरेको १ सय १९ केजी गाजा बरामद गरेको हो ।
पहाडी क्षेत्रबाट तस्करहरुले सप्तकोशीे नदी हुँदै गाडीको ट्उिमा लुकाएर ल्याउँदै गरेको गाजा प्रहरीले बरामद गरेको हो । प्रहरी टोलीलाई देख्ने बित्तिकै तस्करहरु गाजा छोडेर नदीमा पौडेर भागेकाले पक्राउ गर्न नसकिएको प्रहरी निरिक्षक टिका बहादुर कार्कीले जनाए ।