प्रदेश १ मा आज थप १३५ जनामा कोरोना पुष्टि

न्युजलय २४ माघ २०७८, सोमबार १२:४२ मा प्रकाशित

इटहरी । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १३५ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । 


३७५ जनाको पीसीआर परीक्षण गर्दा १०५ र २६६ जनाको एन्टिजेन परीक्षण गर्दा ३० जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ३५, मोरङमा ३३, सुनसरीमा १३, इलाममा ४, उदयपुर र धनकुटामा ३-३, पाँचथरमा २, भोजपुर र खोटाङमा १-१ र प्रदेश १ बाहिरका १० जनामा सङ्क्रमण देखिएको हो ।

 

प्रदेश १ मा आज ६३८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा २९४ महिला र ३४४ पुरुष रहेका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार ९४३ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।