काठमाडौं । नेकपा (एमाले) को जिल्ला अधिवेशन पुस २३ गते हुने भएको छ। संघीय संरचनामा पहिलोपटक माघ ८ गते प्रदेश अधिवेशन पनि हुँदैछ।
शनिबार बसेको केन्द्रीय कमिटी बैठकले प्रदेश र जिल्ला अधिवेशनको मिति तय गरेको हो।
एमालेको केन्द्रीय महाधिवेशन भने मंसिर १०–१४ मा चितवनमा सम्पन्न भइसकेको छ।