बढ्यो सुनको भाउ

न्युजलय २३ फाल्गुण २०७८, सोमबार ०५:३३ मा प्रकाशित

 काठमाण्डौ । सुनको भाउ लगातार बढेर नयाँ रेकर्ड कायम गरिरहेको छ । 

आज सुन तोलामा ११ सय रुपैयाँले बढेर एक लाख तीन हजार रुपैयाँमा पुगेको छ । यसअघि पोहोर साउन महिनामा सुनको भाउ बढेर एक लाख तीन हजार ५ सय रुपैयाँसम्म पुगेको थियो । 

यस्तै, आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १४ सय २५ रुपैयाँमा पुगेको छ ।