झापा । झापामा लागु औषधसहित एक महिला पक्राउ परेकी छन् ।
इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले बुद्धशान्ति गाउँपालिका–३ की २९ दुर्गा धिमाललाई पक्राउ गरेको हो ।
धिमालको साथबाट ४ केजी गाँजा बराबद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।