युवा संघ मोरङको अध्यक्षमा प्रविण घिमिरे

न्युजलय १० भदौ २०८०, आइतबार ०९:५० मा प्रकाशित

सुन्दरहरैँचा । सुन्दरहरैंचा ९ मा भएको राष्ट्रिय युवा संघ मोरङको नवौ जिल्ला अधिवेशनबाट प्रविन घिमिरे अध्यक्षतामा निर्वाचित भएका छन् । घिमिरेको नेतृत्वमा बनेको ८३ सदस्यीय नयाँ कार्य समितिको उपाध्यक्षमा मजर आलम, सचिवमा विवेक भुजेल, सहसचिवमा इन्द्र श्रेष्ठ, रेशम मगर तथा कोषाध्यक्षमा विपना बुढाथोकी छन् । 


घिमिरे लामो समयदेखि स्थानीय तथा युवाहरुको मुद्धा उठाउने र विभिन्न सामाजिक काममा सक्रिय थिए ।


अधिवेशनमा युवा संघ केन्द्रीय अध्यक्ष क्षितिज थेवे, नेकपा एमालेका पोलिटव्युरो सदस्य महेश बस्नेत, नेकपा एमाले मोरङ जिल्ला कमिटी अध्यक्ष ऋषिकेश पोखरेललगायतको आतिथ्यता रहेको थियो ।