काठमाडौं । सोमबार(आज) सेयर बजारमा उच्च गिरावट आएको छ ।
आज कारोबार सुरुआती समयमा सेयर बजार परिसूचक नेप्से बढेर २५०० अंक पार गरे पनि पछि ओर्लिंदै ४४ अंकभन्दा बढीले ऋणात्मक बन्यो ।
आज नेप्से ४४.६४ विन्दुले ओर्लिएर २४१९.७१ विन्दुमा आइपुग्यो । समग्रमा नेप्से १.८१ प्रतिशतले झरेको हो । यसदिन कारोबार भएका सबै समूहमा गिरावट आयो ।
१७६ कम्पनीको सेयर भाउ घट्दा १७ कम्पनीको बढ्यो । २ कम्पनीको स्थिर रह्यो । ५० लाख ९५ हजार बराबर कित्ता सेयर २ अर्ब २६ करोड रुपैयाँ बराबरमा खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।