घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिका वडा नम्बर ५ र ६ होम्ताङका महिला भलिबल टिम फाइनल प्रवेश गरेका छन् ।
हतुवागढी खेलकुद विकास समितिद्वारा आयोजित उक्त प्रतियोगिताको महिला तर्फ आज (बिहीबार) सम्पन्न सेमिफाइनल खेलमा विजयी हुँदै हतुवागढी(६ होम्ताङ र हतुवागढी ५ होम्ताङ फाइनलमा प्रवेश गरेको हो ।
बेस्ट अफ फाइभका आधारमा खेलाइएको सेमिफाइनल खेलमा हतुवागढी २ दितेनीलाई हराउँदै हतुवागढी ५ महिला भलिबल टिम फाइनल प्रवेश गरेको हो । त्यस्तै हतुवागढी ३ सिन्द्राङलाई हराउँदै हतुवागढी ६ होम्ताङका महिला भलिबल टिम फाइनल प्रवेश गरेको हो ।
प्रतियोगिताको पुरुष तर्फ फाइनल खेलमा हतुवागढी(९ हसनपुर र हतुवागढी ५ होम्ताङ बिच प्रतिस्पर्धा हुने भएको छ ।
हतुवागढी गाउँपालिका १ घोडेटार स्थित सगरमाथा माविको प्राङ्गणमा जारी उक्त प्रतियोगिताको महिला तथा पुरुष दुवैतर्फ फाइनल खेल भोलि (शुक्रबार) बिहान ८ बजे हुने समितिका सदस्य अजय तामाङ्ले जानकारी दिए ।
हतुवागढी १ खेलकुद विकास समितिको सह आयोजना तथा हतुवागढी गापाको प्रायोजनमा पौष १२ गतेदेखि जारी उक्त अन्तर वडा महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुष तर्फ १३ टिम र महिला तर्फ ९ टिमको सहभागिता रहेको थियो ।
हतुवागढी गाउँपालिका अन्तर्गतका खेलाडी सहभागी हुन पाउने गरि वडास्तरीय पुरुष र महिला भलिबल प्रतियोगिता आयोजना गरिएको हतुवागढी खेलकुद विकास समितिका अध्यक्ष बाल कुमार राईले जानकारी दिए ।
उक्त वडास्तरीय भलिबल प्रतियोगितामा पुरुष तर्फ विजेता टिमलाई रु ५१ हजार १ सय ११ र उपविजेता टिमलाई रु ३५ हजार ५ सय ५५ नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिने भएको छ ।
त्यसैगरि महिला तर्फ विजेता टिमलाई रु. ३० हजार ३ सय ३३ र उपविजेता टिमलाई २० हजार २ सय २२ नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिने जारी सुचनामा उल्लेख छ ।