आज पहाडी क्षेत्रमा वर्षाको सम्भावना

न्युजलय ७ चैत २०७८, सोमबार ०२:२२ मा प्रकाशित

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावले हाल प्रदेश १ लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ ।


मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।


राति प्रदेश १ को पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।