तरहरामा ब्याडमिन्टनः धनबहादुर पुरी र संजीब राईको टिम विजयी

न्युजलय ३१ पुस २०७८, शनिवार ०९:४६ मा प्रकाशित

इटहरी । इटहरी–१९ तरहरामा भएको ब्याडमिन्टन प्रतियोगितामा ए टिमबाट धनबहादुर पुरी र संजिव राईको टिम विजयी भएको छ ।

आठ टिमलाई पछि पार्दै पुरी र राईको टिमले प्रतियोगिताको उपाधी चुमेको हो ।

फाइनलमा याम राई र नवराज बस्नेतलाई सोजो सेटमा हराउँदै पुरी र राईको टिम विजयी भएको हो ।

सिटिजन लाइफ इन्सोरेन्स कम्पनी लिमिटेड तरहरा शाखाको आयोजनामा माधेसक्रान्तीको अवसरमा प्रतियोगिता भएको हो । प्रतियोगिताको बि टिममा पाँच टिम सहभागी मध्ये बि टिम तर्फ किशोर कुमार राई र बिष्णुकुमारी राईको टिम प्रथम भएको हो ।

बिमला राई र सुनमाया तामाङलाई फाइनलमा हराउंदै । बिष्णु र किशोरको टिम विजयी भएको हो । सेमिफाइनलमा उत्कृष्ट खेलेको बिमला र सुनमायाको टिमले दोस्रो स्थानमा चित्त बुझाउनु पर्यो । 

कार्यक्रम पुर्व भारतिय लाहुरे हनेरी क्याप्टेन दिलप्रसाद राईको प्रमुख आतिथ्यमा भएको थियो । 

प्रतियोगितामा ए टिमबाट दिलप्रसाद राई, बिकाश गुरुङ , भुमी राई ,चन्द्र बस्नेत ,जयबहादुर खड्का , सेवेन कुमार राई , अक्षय राई , मेम कुमार राई , धर्म देब राई , देव तामाङ , नारायण गुरुङ, ज्ञान बहादुर श्रेष्ठ लगायता खेलाडीले प्रतियोगितामा भाग लिएका थिए ।

त्यस्तै बि टिम तर्फ आनन्द राई , सरिता राई , लिला राई , कौशिला गुरुङ, मनु राई र इन्द्र कुमार राईले प्रतियोगितामा सहभागिता जनाएका थिए।