संसद बैठक आइतबारसम्मका लागि स्थगित

न्युजलय ६ फाल्गुण २०७८, शुक्रबार ०७:५२ मा प्रकाशित

काठमाडौं । एमाले सांसदको नाराबाजी भइरहँदा शुक्रबार(आज) पनि प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश गरेको छ । 

बैठक सुरु भएलगत्तै एमालेका सांसदहरू नाराबाजी गरिरहेपछि सभामुख सापकोटाले बैठकलाई कार्यसूचीमा प्रवेश गराएका हुन् ।

सभामुख सापकोटाले कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूलाई आदिवासी जनजाति आयोगको प्रतिवेदन पेश गर्न समय दिएका हुन् । मन्त्री बडूले प्रतिवेदन बैठकसमक्ष पेश गरे ।

यसपछि सभामुख सापकोटाले आउँदो आइतबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरेको जानकारी दिए ।