देशभर आज थप २६२ जनामा कोरोना पुष्टि

न्युजलय ९ फाल्गुण २०७८, सोमबार १२:२९ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा आइतबार देशभर २६२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको प्रेस ब्रिफिङमा मन्त्रालयकी प्रवक्ता डा‍.संगीता मिश्राले दिएको जानकारी अनुसार पीसीआरबाट २२९ र एन्टीजेन परीक्षणबाट ३३ जनामा कोरोना पुष्टि भएको हो ।


सोही अवधिमा ९ हजार ८१५ वटा नमूना परीक्षण भएको छ । यसमा पीसीआर परीक्षण ६ हजार ५७२ र एन्टीजेन परीक्षण ३ हजार २४३ भएको छ ।


पछिल्लो २४ घण्टामा १३३८ जना संक्रमणक्त भएका छन् भने थप ४ जनाको मृत्यु भएको छ ।