सुनसरी । गोताखोर अभ्यासका क्रममा सुनसरीमा डुंगा (मोटरबोट) दुर्घटना भएको छ ।
सशस्त्र प्रहरी बल नेपाल १ नम्बर बराह पकली, सुनसरीद्वारा आयोजित अभ्यासको पूर्वतयारीका क्रममा पत्रकार चढेको डुंगा भएको हो ।
दुर्घटनापछि डुंगामा सवार पत्रकारहरु कोशी नदीमा खसेका थिए । पछि सबैलाई उद्धार गरिएको थियो । नदीमा खसेका ६ जनालाई प्राथमिक उपचार गरिएको छ । विराटनगरका पत्रकार कुमुद अधिकारीलाई थप उपचारका लागि वीपी प्रतिष्ठान लगिएको र उनको अवस्थापनि सामान्य रहेको बताइएकोछ ।
डुंगा डुबेपछि प्रत्यक्षदर्शीले त्यो पनि अभ्यासकै भाग होला भनेर सुरुमा त वास्ता गरेनन्, तर डुंगा असावधानीका कारण डुबेको थाहा भएपछि स्थानीयहरु आत्तिएका थिए । पछि प्रहरीले उनीहरुलाई उद्धार गरेका थिए ।