नेप्से परिसूचक १६.९३ अंकले घट्यो

न्युजलय २५ बैशाख २०८०, सोमबार ०९:०६ मा प्रकाशित

काठमाडौँ । सोमबार(आज) सेयर बजारको परिसूचक नेप्से १८३३ अंकमा झरेको छ । 

अघिल्लो कारोबार दिनको तुलनामा परिसूचक १६.९३ अंक घटेको हो । कुल ८२ करोड ४२ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो दिन ६० करोड ८१ लाख रुपैयाँको धितोपत्र कारोबार भएको थियो । 

३४ कम्पनीको मूल्य बढ्दा १८१ कम्पनीको घट्यो भने ६ को स्थिर रहृयो । सबै उपसमूहका सूचक झरेका छन् ।

बैंकिङ ६, विकास बैंक १३, फाइनान्स १८, होटल तथा पर्यटन ८४, जलविद्युत् ४३, जीवन बीमा १२१, उत्पादन ३०, माइक्रोफाइनान्स २६, निर्जीवन बीमा १०६, अन्य ८ र व्यापार उपसमूह १२ अंक घटे ।