काठमाडौं । सहरका गरिब र सडक व्यवसायीहरूको पक्षमा ९ दिनदेखि लगातार राष्ट्रिय सभागृह बाहिर निरन्तर उभिएर प्रदर्शन गरिरहेका ईः को प्रदर्शन स्थगित भएको छ ।
आज राति ९ बजे राष्ट्रिय सभा गृहबाहिर पत्रकार सम्मेलन गरेर आन्दोलन स्थगित गर्ने घोषणा गरेका हुन् ।
बुधबार साना सडक व्यवसायीलाई विकल्पविना विस्थापित गरिएको भन्दै प्रदर्शनरत ईः र काठमाडौं महानगरपालिकाबीच सहमति जुटेको छ । मंगलबार भएको वार्तामा चार बुँदे सहमति पत्र तयार भएको थियो । तर, अन्तिम अर्थात चौथो बुँदामा कुरा नमिल्दा वार्ता भाँडिएको थियो ।छलफलपछि चौथो बुँदालाई थप संशोधन गरेर सहमति गरेपछि प्रदर्शनरत ईःले आन्दोलन स्थगनको घोषणा गरेका हुन् ।
सहमतिअनुसार कानुनले निषेध गरेका स्थानबाहेक अन्यत्रका उपयुक्त स्थलहरु पहिचान गरेर फुटपाथ र सार्वजनिक स्थलमा व्यापार व्यवसाय गर्न महानगरले एक हप्ताभित्र पहल गर्ने छ ।
काठमाडौं महानगरपालिकाको तर्फबाट चिनीकाजी महर्जन र धिरज जोशी तथा अभियानकर्ताको तर्फबाट ईः ले हस्ताक्षर गरेका छन् ।
विकल्पविना साना सडक व्यवसायीलाई विस्थापित गरिएको भन्दै अभियन्ता ईः ले उभिएर गरेको प्रदर्शन गरिरहेका थिए ।