सभापतिको उम्मेदवारबाट धरानका मेयरको नाम फिर्ता

न्युजलय ६ मङ्सिर २०७८, सोमबार ०७:१७ मा प्रकाशित

काठमाण्डौ । धरानका मेयर तिलक राईले नेपाली कांग्रेसको क्षेत्रीय सभापतिको उम्मेदवारबाट नाम फिर्ता लिएका छन् । 

संस्थापन पक्षबाट क्षेत्र नम्बर–१ को सभापतिको उम्मेदवारी घोषणा गरेका राईले अन्तिम समयमा आएर उम्मेदवार नबन्ने घोषणा गरेका हुन् । 

उनी गाँउ नगर अधिवेसनमा भने कोइराला पौडेल पक्षमा लागेका थिए । कोइराला पौडेल पक्षबाट क्षेत्रीय सभापति सुजेन्द्र तामाङ उम्मेदवार बन्ने निश्चित भएपछि उनले क्याम्प परिवर्तन गरेका थिए । 

प्रदेश निर्वाचन क्षेत्रमा कोइराला पौडेल प्यानल नै विजयी भएपछि मेयर राईले उम्मेदवारी फिर्ता गरेपछि सभापतिमा संस्थापन (शेरबहादुर देउवा) प्यानलबाट लक्ष्मी खतिवडा उम्मेदवार हुने भएकी छन्।